लमजुङ – लमजुङमा पनि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशन अन्तर्गत वडा तहको चुनाव भदौ १८ गते हुने निश्चित भएसँगै जिल्लामा कांग्रेसका नेता तथा कार्यकर्ताको चहलपहल बढ्न थालेको छ ।
केन्द्रीय निर्वाचन समितिले लमजुङमा खटाएका जिल्ला निर्वाचन अधिकृत थानेश्वर दुवाडी र नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङबीच बुधवार बसेको बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने सुनिश्चित गरेसँगै तयारी प्रारम्भ भएको पूर्व पार्टी सभापति एवम् कांग्रेस नेता तुलसीनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
‘जिल्ला...