सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई मन्त्री मोदीको निर्देशन

सुनसरी – सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई निर्देशन दिएका छन् । सुनसरीको इनरुवामा आइतवारदेखि सुरु भएको प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  मन्त्री मोदीले सरकारको प्राथमिकता सुशासन कायम गर्ने भएकाले कामका लागि आएका सेवाग्राहीलाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको हो । ‘प्रधानमन्त्री प्रचण्डज्यूको प्रमुख प्राथमिकता भनेको सुशासन कायम गर्ने हो, त्यो काम राष्ट्रसेवक कर्मचारीबाट मात्रै सम्भव हुन्छ र सङ्घीय...