काठमाडौं । पछिल्लो एक महीनामा कालीमाटी बजारमा हरियो धनियाँको मूल्य आगमन १२४ प्रतिशतले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनाअघि कालीमाटी बजारमा १ हजार २६० किलोग्राम धनियाँ भित्रिएको थियो भने आज २ हजार ८३० किलोग्राम धनियाँ भित्रिएको छ ।
आगमन बढ्दा मूल्य भने ४६ प्रतिशतले घटेको समितिले जनाएको छ । एक महीनाअघि धनियाँको औसत मूल्य प्रतिकिलो १४० रुपैयाँ थियो भने आज धनियाँको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ छ ।
एक महीनामा कुन तरकारीको मूल्य घट्यो, कुनको बढ्यो ?
काठमाडौँमा तरकारी आपूर्ति बढेसँगै तरकारीको थोक मूल्य घटेको छ । पछिल्लो डेढ सातामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीको मूल्य आधा भएको छ तर खुद्रा मूल्य नघट्दा उपभोक्ताले राहत पाउन सकेका छैनन् । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार मङ्सिरको पहिलो सातासम्म थोकमा प्रतिकेजी एक सय रुपियाँमा कारोबार भएको स्थानीय काउली अहिले घटेर ४० रुपियाँमा झरेको छ । रातो आलु पनि प्रतिकेजी ७५ रुपियाँबाट घटेर ५५ रुपियाँमा झरेको छ । मुला, बन्दा, सागलगायतका तरकारी पनि थोक कारोबारमा सस्तिएका छन् ।
निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् । स्थानीय तहको निर्वाचनले गर्दा बिहीबारदेखि उपत्यकामा असाध्यै कम तरकारी आएको थियो