मनोयुद्धको भुमरीमा माओवादी, यता भीर उता पहिरो

माओवादी केन्द्रले आगामी दिनमा देश, जनता र कम्युनिष्ट आन्दोलनप्रति अलिकति पनि जिम्मेवार हुने हो भने आफ्नो एउटा स्पष्ट राजनीतिक मार्गदिशा अब समात्नैपर्छ । नत्र एकीकृत कम्युनिष्ट आन्दोलनको मूलबाटो छोडेर अनिश्चितताको जङ्गल पसेको माओवादीको अगाडि यता भीर उता पहिरो मात्र फेला पर्ने देखिन्छ ।

सम्बन्धित सामग्री

भालुवाङ-प्यूठान सडकको सुख्खा पहिरो उस्तै, खुलेन सवारी

रुपन्देही । बुधबारदेखि अवरुद्ध भालुवाङ-प्यूठान सडक अझै खुलेको छैन । भालुवाङ सडक खण्डको गर्जेनीमा खसेको सुख्खा पहिरो हटाउन नसक्दा बाटो नखुलेको हो । बुधवार राति त्यस क्षेत्रमा पहिरो झरेको थियो । पहिरो अहिले पनि उस्तै छ । गर्जेनी भीर क्षेत्रको साँघुरो भित्ता काटेर सडक फराकिलो पार्ने क्रममा जमिन थर्किएर कमजोर बन्दा पहिरो झरिरहेको छ । […]

गाउँपालिकाद्वारा भत्केको सडक मर्मत सुरु

सिमकोट – उत्तरी नाम्खा गाउँपालिकाले च्याछरा भीर नजिकै वर्षाले भत्काएर अवरुद्ध भएको सडक खुलाउन सुरु गरेको छ। चार दिनदेखि अवरुद्ध भएको सडक खुलाउन बुधबार बिहानैबाट मेसिन लगाएर मर्मत सुरु गरिएको हो। गाउँपालिका अध्यक्ष प्रेम लामाले वर्षाले पहिरो जाँदा भत्काएको सडक मर्मत सुरु भएको बताए। सो सडक मर्मतका लागि अध्यक्ष लामा आफँै स्थलगत रुपमा पुगेका थिए। […]

छङ्गाछुर भीरमा सडक, पहिरो खस्दा आपत् (फोटो-फिचर)

पोखरा- छङ्गाछुर भीर, हेर्दै कहालीलाग्दो । त्यहीं भीरबाट ५ वर्षअगाडि सडकको ट्रयाक खनियो । पैदलै हिँड्न पनि साहस जुटाउनुपर्ने गलेमको भीरबाट अचेल सवारी हुँइकिन्छ। बर्खा लागेसँगै बेलाबखतमा पहिरो खसिरहन्छ। भीरबाट खसेका ठूल्ठूला ढुंगाले पैदलै हिँड्न मुस्किल हुन्छ। सर्केटारी-आरुखर्क-गलेम-पञ्चासे ग्रामीण सडक खण्डको आरुखर्क-गलेमको २.८ किलोमिटर अक्करे भीर काटेर सडकको ट्र्याक खोलिएको हो। यो सडकमा पहिरो खसेपछि […]

अविरल वर्षाले म्याग्दीका अधिकांश ग्रामीण सडक अवरुद्ध

म्याग्दी : अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन्।तीन दिनदेखिको वर्षाले वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ। पहिरोकै कारण बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर लगायत सडक अवरुद्ध भएको हो। कतिपय स्थानमा सडक भासिएको छ।राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भीर, जल

भीर छिचोलेर विद्यालय धाउँदै

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, खुर्कोटस्थित जनज्योति माविका विद्यार्थीहरू जोखिमपूर्ण अक्करेभिरको पहिरो छिचोल्दै पढ्न जान आउन बाध्य छन्। गाउँपालिकाको वडा नं. ६ स्थित हैबार, सुँगुरे, बलेनीलगायतका ठाउँबाट आउने विद्यार्थी उक्त पहिरोको जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका हुन्। कक्षा ५ मा अध्ययनरत हैवारी निवासी छात्रा दिलमाया श्रेष्ठ वर्षाको बेलामा अक्करेभीरको पहिरोले जहिले पनि सास्ती दिने गरेको गुनासो गर्नुहुन्छ। “अक्करे भीरको पहिरोले पानी परेको बेलामा जहिले पनि पिरलो दिने गरेको छ, कतिखेर पहिरो बसेर यातायात थुनिने ठेगान हुँदैन,” उहाँले भन्नुभयो, “पानी परेको बेला विद्यालयको बस पहिरोबाट वारपार नहुँदा कहिले कहिले त पढाइ पनि छुट्छ।”

माझगाउँ सुक्खा पहिरोको उच्च जोखिममा

खोटाङ – सुक्खा पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा गाउँ नै जोखिममा परेको छ । शनिबार राति ठूलो पाखा पहिरोको रुपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर परिवार जोखिममा परेको हो । माझगाउँको अर्को पाटोको भीर पाखो ठूलो सुक्खा पहिरोको रुपमा खसेको हो । झन्डै चार सय मिटर फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा […]

मनरुपा नेपालीको पीडा : २६ वर्षको अन्तरमा एकै ठाउँ पहिरोले दुई छोरा पुर्‍यो

पाँचथर– जोखिमपूर्ण स्थानमा बस्नुपर्ने बाध्यताले मानिसलाई कतिसम्म पीडा दिन्छ भन्ने बुझ्न पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ अठभैयाकी मनरुपा नेपालीलाई हेरे पुग्छ । अहिले नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भीर बनेको छ । घर वरिपरी पहिरो गएको छ । बसाईं सरेर जाने ठाउँ पनि छैन् । ठूलो पानी परे पहिरोले घर नै […]

मनभित्रको पहिरो (कविता)

अचम्म ! अटल अचल जङ्गलले भरिएका सुन्दर भीर, पहरा र पहाडहरूमा पहिरो गएझैँ कमलो मनभित्र पनि पहिरो जाँदो रहेछ ! मन ! कुटुम्ब ! इष्ट ! मित्र ! दाजु – भाइ ! दिदी – बहिनी ! छोरा – छोरी ! भतिजा–भतिजी ! सबै सबैसँग

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

अन्नपूर्ण गाउँपालिका, ३ दानामा पर्ने मुस्ताङ सिमावर्ती बाँदरजुँग भीर, दानाको जलथले भीर र नौमुरी भीरबाट पहिरो खस्दा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ । मंगलबार साँझदेखि लगातार परेको वर्षापछि झरेकोले पहिरो पन्छाउन सडक विभागको डोजरले प्रयास गरे पनि झरी नरोकिएकोले काम गर्न कठिन भएको स्थानिय इन्द्रसिं शेरचनले जनाकारी गराएका छन् ।