रुकुम पश्चिम – नेकपा एमाले रुकुम पश्चिमले जिल्लाका सात वटा मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरेको छ ।
आइतबार सम्पन्न मतदानमा बुथ कब्जा भएको दाबी गर्दै एमाले जिल्ला कमिटीले पुनः मतदानको माग गरेको हो ।
पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर एमालेले बाँफीकोट गाउँपालिकाको वडा नम्बर ६ र ७, आठबिसकोट नगरपालिकाको वडा नम्बर २ र ३, सानीभेरी गाउँपालिकाको वडा नम्बर २ र ३ र मुसीकोट नगरपालिका वडा नम्बर १३ मा पुनः मतदानको माग गरेको हो ।
एमालेले पुनः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय...