काठमाडौं : पश्चिम रुकुममा भएको हत्याका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन गरिएको छ। विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातीय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। जातीय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्न पनि प्रदर्शनकारीहरुले आग्रह गरे...