पोखरा महानगरको मेयरमा एमालेका उम्मेदवार ४ मतले अगाडि

काठमाडौं- पोखरा महानगरपालिकाको मतगणनामा मेयर पदका लागि नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन् । मेयर पदका लागि एमालेका उम्मेदवार कृष्ण थापाले १ सय १३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीभन्दा उनी ४ मतले अघि छन् । दोस्रो स्थानमा रहेका नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १ सय ९ मत पाएका छन् ।

सम्बन्धित सामग्री

धनराज आचार्यलाई कृष्ण थापाले दिए बधाई

पोखरा महानगरको मेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ५ हजार ८ सय ५१ मत अन्तरले चुनाव हराएका हुन् । आचार्यले ५८ हजार ६ सय ६९ मत पाउँदा निकटतम प्रतिस्पर्धी थापाले ५२ हजार ८ सय १८ मत मात्रै पाए । यस्तै, मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ५७ मत पाए भने स्वतन्त्र उम्मेदवार गनेश पौडेलले २ हजार ९ सय ५१ मत पाएका छन् ।उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मन्जुदेवी गुरुङ विजयी भइन् । उनले गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपीला रानाभाटलाई ३ हजार ३ सय १

‘८५ हजार मत ल्याएर जित्छौँ’

स्थानीय तह निर्वाचनमा पोखरा महानगरको मेयरका लागि पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् धनराज आचार्य । यो महानगरमा एमालेका तर्फबाट कृष्ण थापा मेयरका प्रत्यासी छन् । आचार्य र थापा विगतमा एमाले र नेकपामा सँगै काम गरेका नेता हुन् । नेकपा र एमाले विभाजनसँगै आचार्य र थापाको पार्टी फरक फरक हुन पुग्यो । आचार्य नेकपा एकीकृत समाजवादीबाट काँग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनका उम्मेदवार बन्दा थापा एमालेका उम्मेदवार बने । गठबन्धनबाट पोखराको मेयरमा काँग्रेसले पनि दाबी गरिरहेका बेला नेकपा एसका