नेकपा एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिहीबार दिउँसो टेलिफोन गरी मिलेर अघि बढ्न आग्रह गर्नुभएको छ ।
काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम आइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन सम्पर्क गरेका छन् । बिहीबार एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष टेलिफोन गर्दै आगामी राजनीतिक कार्यदिशाको विषयमा छलफल गरेका छन् । दुई दलका अध्यक्षबीच आगामी राजनीतिक कार्यदिशाबारे कुराकानी भएको जनाइएको छ । टेलिफोन वार्ताका […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई सानातिना अन्तरविरोधमा नअल्झिन आग्रह गरेका छन् । आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न र त्यसका लागि सबै नेताहरू एकताबद्ध भएर अगाडि बढ्न ओलीले आह्वान गरेका हुन् ।
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरुलाई सहमतिमा आएर एकछुट भएर अघि बढ्न आह्वान गरेका छन्। पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवस समारोहमा उनले आफूहरुले जितेको र जितेर नै जाने बताए। उनले आफूहरुको विजययात्रालाई कसैले पनि रोक्न नसक्ने बताउँदै भने, “को कहाँ र पद तथा स्वार्थका कुरा छोडदिउँ। बाटो बिराएका भड्किएका साथीहरुलाई आउनुस मिलेर काम गरौं।”
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको युवा नेतृत्वका लागि महत्वाकांक्षी नबन्न आग्रह गरेका छन्। नगर्न राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वका लागि हतार नगर्न पनि आग्रह गरे। उनले युवाहरुलाई विश्वास आर्जन गरेर अघि बढ्न पनि आग्रह गरे।
उनले भने, 'नेतृत्वका लागि महत्वताकांक्षी नबन्नुस। हामीले