नेकपा ओली समूहले तीव्र बनायो जनसभाको तयारी

प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी माघ २३ गते काठमाडौंमा हुने जनसभाको तयारी तीव्र बनाएको छ । शिक्षा तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा नेकपाले समिति नै गठन गरेर जनसभाको तयारी शुरू गरेको हो ।  बागमती प्रदेश संगठन कमिटीले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।  कमिटीकै आयोजनामा माघ २३ गते जन सभा हुन लागेको हो ।  सभामा विभिन्न १७ जिल्लाका नेता तथा कार्यकर्ताको नेतृत्वमा कार्यकर्ता परिचालन गरिने पत्रकार सम्मेलनमा ...