नागरिकको खबरदारीले बाह्र वर्षपछि सङ्लियो त्रिशुली

हिउँदमा पनि बर्खाझैं धमिलो बग्ने त्रिशुली नदीको पानी दुई सातायता सङ्लिएको छ। धमिलो त्रिशुली सङ्ल्याउन बाह्र वर्षदेखि खबरदारी अभियान चलेको थियो। धादिङ मलेखु क्षेत्रका आठ÷दश जनाले सुरू गरेको त्रिशुली बचाऊ अभियानले बृहत रूप लिएपछि सङ्लो त्रिशुली बग्न सम्भव भएको हो। डेढ वर्षदेखि त्रिशुली बचाऊ अभियानको नेतृत्व गरिरहेका धादिङका श्रवणकुमार त्रिपाठीले चेतनामुलक खबरदारी र संघर्षबाट सङ्लो…