म्याद सकिएका कांग्रेस भ्रातृ संगठन विघटन, फागुनभित्र तदर्थ समिति बन्ने

नेपाली कांग्रेसले म्याद सम्पन्न भएका सबै भ्रातृ संगठनलाई विघटन गर्ने निर्णय गरेको छ । म्याद सम्पन्न भएका भ्रातृ संगठनमा फागुन मसान्तभित्र पार्टी सभापतिले तदर्थ समिति गठन गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, तामाङ संघ, तरुण दल, ठाकुर संघ आदिको म्याद सकिएकाले केन्द्रीय कार्यसम्पादन समितिको मंगलवारको बैठकले तत्कालका लागि विघटन गरेको महतले बताए । त्यसैगरी दलित संघको जिल्ला अधिवेशन सम्पन्न भएकाले आगामी चैत ७ देखि ९ सम्म अधिवेशन हुने गरी...