कांग्रेस सांसद टेकबहादुर गुरुङले निलम्बन फुकुवा र सांसद वापतको सेवा सुविधा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएका छन् । भ्रष्टाचार मुद्दामा उच्च अदालतबाट दोषी ठहर गुरुङलाई सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले निलम्बन फुकुवा गर्न आदेश दिएको थियो ।