गजल : मनमा अनौठो जलन हुँदो रहेछ

मुटु रेट्ने हतियार वचन हुँदो रहेछ आफ्नै मान्छे दुश्मन झन् हुँदो रहेछसबैभन्दा प्रिय जिन्दगीको खण्ड मलाई त लाग्छ बचपन हुँदो रहेछबाहिरको मान्छेलाई फनफनी घुमाउनेअसत्ति आफै भित्रको मन हुँदो रहेछअभावलाई खाडीले पुरिदियो नभएसमय कसाइ र मेरो गर्धन हुँदो रहेछतिमीलाई कसैले फर्किएर हेरे पनि यो मनमा अनौठो जलन हुँदो रहेछ            बर्दिया, हालः साउदी 

सम्बन्धित सामग्री

सर्वनाममा गुन्जिए ईश्वर दाहाल र कृष्ण विरही

काठमाडाैं :  कालिकास्थानस्थित सर्वनाम थियटरमा शनिबार मेहफिल कार्यक्रम सम्पन्न  भएको छ। कार्यक्रममा पूर्वका ईश्नर दाहाल र पश्चिमका कृष्ण विरही 'जलन' ले अाफ्ना नयाँ पुराना गजलले दर्शकलाई मन्त्रमुग्ध बनाए। यसैगरी, गजल गायनतर्फ गायक  राज सागर तवलाबादक कुन्दन शाह ...