हेटौंडामा ३५ करोडको लागतमा सुविधा सम्पन्न बस टर्मिनल बन्दै

मकवानपुर – हेटौंडाको मुख्य बजार क्षेत्रबाट अलि भित्र जाँदा निकै ठूलो भवन निर्माण भइरहेको जस्तो देखिन्छ । चारैतिरबाट जस्ताको टिनले घेरिएको यस क्षेत्रमा गेटभित्र गएपछि श्रमिकहरु काममा व्यस्त रहेका देखिन्छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माण हुन थालेको एक वर्ष भयो । ३५ करोड रुपैयाँ लागतमा हेटौंडा उपमहानगरपालिकाले बस टर्मिनल बनाउन लागेको हो । यसमा ५० प्रतिशत काम सकिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महत बताउनुहुन्छ ।  उहाँका अनुसार डेढ वर्ष समय अवधि दि...