नागमती बाँध परियोजना र प्रभावबारे अन्तरक्रिया

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत नहुँदा अलपत्र परेको नागमती बाँध आयोजनाबारे काठमाडौंमा एक अन्तरक्रिया सम्पन्न भएको छ । तत्कालीन सोभियत संघ र कमनवेल्थ राष्ट्रहरूमा पढेर फर्किएका नेपाली विज्ञहरूको संस्था मित्रकुञ्जको थिंकट्यांक उपसमितिले मंगलबार नागमती बाँध परियोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।

सम्बन्धित सामग्री

प्रस्तावित नागमती बाँध : उपलब्धि थोरै, जोखिम ज्यादा

केही वर्षयता नेपाल सरकार ठूला परियोजनाप्रति बढी नै आकर्षित हुँदै आएको छ । प्रस्तावित नागमती बाँध परियोजना पनि अतिरिक्त आर्थिक, राजनीतिक उद्देश्यबाट प्रेरित छैन भन्ने सरकारले पुष्टि गर्नुपर्दछ ।