रुकुम पूर्व र रुकुम पश्चिममा विद्युत अनियमित हुँदा समस्या हुने गरेको छ । सल्यानको शितलपाटी सव–स्टेसनदेखि रुकुम पश्चिमसम्म आउने ११ केभीए विद्युत लाइनमा समस्या आउदा दुई जिल्ला रुकुम पूर्व र रुकुम पश्चिममा विद्युत अनियमित हुने गरेको हो ।शितलपाटीदेखि यता कुन ठाउँमा के समस्या छ भन्ने पत्ता नलाग्दा यी दुई जिल्लामा बारम्बार विद्युत अवरुद्ध हुने समस्या छ । रुकुम पूर्वमा पनि रुकुम पश्चिम भएर नै केन्द्रीय प्रसारण लाइन जोडिएको छ । केही समय यता विद्युत अनियमित भइरहँदा दुई जिल्लाका उपभोक्ताले निक