सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका १ मा कांग्रेस विजयी

सिन्धुपाल्चोक : बाह्रबिसे  नगरपालिका-१ मा कांग्रेसका आङ्दोर्जे शेर्पा विजयी भएका छन्। चार सय १५ मतसहित वडाध्यक्षमा शेर्पा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका प्रेमकुमार मगरले दुई सय २७ मत ल्याए। भने मेयर र उपमेयर पदमा पनि नेपाली काङ्ग्रेसका उमेदवारहरूले अग्रता कायमै छ। १२ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा मतगणना सुरु भइसकेको छ।