सिमकोट – दुुई वर्षदेखि दीर्घरोगका बिरामीलाई निःशुल्क उपचार गरिँदै आएको पाइएको छ। आर्थिक रूपमा कमजोर र दीर्घरोगबाट पीडित बिरामीलाई गाउँपालिकाको स्वास्थ्य शाखाले निःशुल्क उपचारको व्यवस्था गरेको हो। खार्पुनाथ गाउँपालिका–३ को रायाँ स्वास्थ्य चौकीका इन्चार्ज बिरसिंह रावलले वडामा सात जना दीर्घरोगीका बिरामीलाई दुुई वर्षयता निःशुल्क औषधिसहित उपचार भइरहेको बताए। ती बिरामीलाई चेकजाँचदेखि औषधि सबै निःशुल्क प्रदान […]