९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको उपचार गरिरहेको नारायणी अस्पतालले जटिल समस्या देखिएका बिरामीलाई मात्र अस्पतालमा राख्ने निर्णय गरेको छ । आइतबार नारायणी अस्पताल व्यवस्थापन समिति र जिल्लाका राजनीतिक दलका प्रतिनिधिको बैठकले आईसीयू र एचडीयू चाहिने बिरामीलाई मात्र अस्पतालमा उपचार गर्ने र अरु विरामीलाई सम्बन्धित स्थानीय तहको आइसोलेसन सेन्टरमा पठाउने निर्णय गरेको हो । […]