तालिबानले सञ्चारकर्मीलाई धम्की दिएको एक दिन नबित्दै अफगानिस्तानका एक चर्चित टेलिभिजन पत्रकारको हत्या गरिएको छ । टोलो समाचारका अनुसार अफगानिस्तानको चर्चित सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई अज्ञात बन्दूकधारी समूहले कान्धारमा बिहीबार गोली हानेर हत्या गरेका छन् । हत्या गरिएका पत्रकार नेमत रवान हाल वित्त मन्त्रालयमा सञ्चार अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।