‘सकारात्मक सोच’ ले माटाे खायाे

सन् २०१९ आयो । नभन्दै नेपाल खुला दिसामुक्त घोषित भयो । र, नमस्तेको कर्मशील जीवनको चिर सपना साकार भयो । विडम्बनावश, दिग्विजयको मुद्रामा नेपाललाई दिसा–पिसाबमुक्त घोषणा गरी यता नमस्ते जागिरबाट सधैँका लागि घर फर्के, उता दिसा चर्पीको बन्धनबाट मुक्त हुँदै फुत्तफुत्त खुला क्षेत्रमा निस्किन थाल्यो ।