प्रिमियम मूल्यमा आइपीओ जारी गर्दै नेप्स

काठमाडौं- नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)ले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ। सभा कात्तिक २३ गते आरण्य बुटिक होटल, हात्तीसार, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। सभामा यस कम्पनीले प्रिमियम मूल्य सहित आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ। यसका साथै, गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ। प्रतिनिधि सभाको कार्यव्यवस्था समिति र संसदीय समितिमा सदस्यहरूको हेरफेर गरिएको छ। स्थानीय निर्वाचनमा धाँधली र राज्यशक्तिको दुरुपयोग भएको लोसपाले आरोप लगाएको छ। अबदेखि मौसम सफा नभए आन्तरिक उडान गर्न नपाइने भएको छ। नेप्स परिसूचक ३५.५३ अंकले घटेको छ। रुसबाट ९० प्रतिशत तेल आयात रोक्न युरोपेली युनियन सहमत भएको छ।

नेप्सेको सिइओका लागि पाँच आवेदक छनोट

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् । प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरिएको समितिद्वारा जारी सूचनामा उल्लेख छ ।

अब सहकारीका ग्राहकलाई पनि भिसा डेबिट कार्ड, सनराइन बैंकले गर्‍यो सहयोग

अब सहकारी संस्थाका ग्राहकहरूले भिसा कार्ड पाउने भएका छन् । सनराइन बैंकको सहयोगमा सहकारीहरूले भिसा डेबिट कार्ड जारी गर्ने भएका हुन् । सनराइज बैंकले सहकारी संस्थाका ग्राहकलाई को ब्रान्डेड डेबिट कार्ड जारी गर्नेछ । यसका लागि बैंकले पायोनियर एसोसियट्स (कोसिस सहकारी सफ्टवेयर), आईमार्क र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्प (नेप्स)सँग सहकार्य गरिएको छ । डेबिट कार्ड जारी गर्ने परियोजना आजबाट लाइभ गरिएको हो । पहिलो चरणमा ४ सहकारीसँग सम्झौता भएको छ ।

नेप्सद्वारा वेबमा आधारित सेवा शुरू

काठमाडौं (अस) । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स)ले बैंक तथा वित्तीय संस्थाका लागि कार्डसँग सम्बन्धित कारोबारका लागि वेबमा आधारित नवीनतम सेवा शुरू गरेको छ । ‘एपीआई’ पूर्वाधारका माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङ च्यानलका माध्यमबाट बैंक तथा वित्तीय संस्थाका ग्राहक स्वयंले कार्ड ब्लक, अनब्लक तथा पिन रिसेट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यस सेवाबाट ग्राहकले मोबाइलका माध्यमबाट मौज्दातको जानकारी, पुराना कारोबारको विवरण र केडिट कार्डसँग सम्बन्धित अन्य जानकारी समेत प्राप्त गर्न सक्ने कम्पनीद्वारा आइतवार जारी विज्ञप्तिमा उल्लेख छ । साथै, निकट भविष्यमा बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई केडिट कार्डमा रहेको लिमिटबाट क्यूआर भुक्तानी गर्न अनुमति प्रदान गर्न सक्ने व्यवस्थाका लागि आवश्यक पूर्वाधार तयार गरिने बताइएको छ । कार्डसँग सम्बन्धित नवीनतम सेवा उपलब्ध गराउने क्रममा हालैका महीनामा अन्य सेवाका अतिरिक्त कन्याक्टलेस कार्ड, कार्डलेस विदड्रल, क्यास रिसाइक्लर मेशिन, र ग्रीन पिन सेवा समेत प्रारम्भ भइसकेको जानकारी कम्पनीले दिएको छ । नेप्सले राष्ट्रव्यापी रूपमा करीब ३३ लाख कार्ड, २ हजार एटीएम र २० हजार पीओएस मेशिन मार्फत सेवा दिँदै आएको छ ।

तेह्रथुम पावरको सेयर नेप्सेमा सूचीकृत, आइतबारबाट दोस्रो बजारमा कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा तेह्रथुम पावर कम्पनीको सेयर सूचीकरण भएको छ । तेह्रथुम पावरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीको आयोजना प्रभावित स्थानीयलाई जारी गरेको चार लाख कित्ता र अन्य सर्वसाधारणलाई बिक्री गरेको आठ लाख कित्तासहित १२ लाख कित्ता सर्वसाधारण्को र संस्थापकले लगानी...

एटीएम ह्याकिङ प्रकरण : सम्बन्धित बैंकमा मात्रै एटीएम चल्ने

१८ भदौ,काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले सम्बन्धित बैंकको एटीएम तथा पस मेसिनबाट मात्रै कारोबार गर्न सर्वसाधरणलाई अपील गरेको छ । बुधबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले चिनियाँ हृयाकरको आक्रमणपछि तत्कालका लागि अन्तर …