काठमाडौं: आइतवार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरको रंगमञ्चमा किराँत लिम्बुहरुमा प्रचलित गीत 'हाक्पारे' गुञ्जियो।
गायिका झुमा लिम्बु, मनु नेम्वाङ, दीपा सुहाङ र गायक लोकमान वनेमले तीन फरक शैलीका हाक्पारे गीत प्रस्तुत गरे। प्रस्तुतिमा उनीहरुलाई परम्परा बयान्डका शम्भु बानियाँ, पारसमणि सुवेदी, बुद्ध लामा र धर्म गन्धर्वले साथ दिएका थिए।
रैथाने संगीत