साङ्लाको डरले पत्नीले सर्न लगाइन् १८ पटक डेरा, हैरान भएका पति माग्दैछन् डिभोर्स

भारतको मध्य प्रदेशको राजधानी भोपालमा साङ्लाको डरले एक महिलाले पटकपटक डेरा सर्न लगाएकी छन् ।  यस दम्पतीको विवाह भएको तीन वर्ष भएको छ र यसबीचमा उनीहरूले १८ पटक डेरा सरिसकेका छन् ।  पतिका अनुसार उनकी पत्नी साङ्लोसित असाध्यै डराउँछिन् र डेरा सर्न दबाब दिन्छिन् । यसरी डेरा सरिरहँदा साह्रै हैरान खेप्नुपरेको उनको गुनासो छ ।    ककरोच देख्नेबित्तिकै पत्नी डरले चिच्याउने गरेको र घरको सामान बाहिर सडकमा ल्याएर राख्ने गरेको पति बताउँछन् । पतिलाई पत्नीको यस्तो हर्कत देखेर दिक्क लाग्न थालेको छ र पारपाचुके ...