नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबण्डाको अन्त्य गर्ने बताएका छन् । उनले विधानसम्मत ढंगले पार्टीलाई चलाउने उल्लेख गरे ।
नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले सोमवार दुर्गाफाँटमा आयोजना गरेकोे बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले गरीबीमा रहेको जनसंख्यालाई कसरी उकास्ने र कसरी रोजगारी सिर्जना गर्ने भन्ने कुरामा जोड दिने बताए ।
विदेश गएका युवाका लागि रोजगारी सिर्जना गर्नका लागि पार्टीले रणनीति बनाउने उनले उल्लेख गरे ।
महामन्त्रीमा निवार्चित भएपछि काठमाडौं उपत्...