राष्ट्रपति निर्वाचनको अनिवार्य मिति नघर्काऊ

नयाँ राष्ट्रपतिका निम्ति निर्वाचनको तयारी तथा मिति घोषणा गर्न निर्वाचन आयोगले अस्वाभाविक आनाकानी गरिरहेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन अनुसार राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअगावै निर्वाचन गरिसक्नुपर्छ । वर्तमान राष्ट्रपतिको पदावधि आगामी फागुन २९ गते सकिँदै छ ।