नेशनल मेडिकल कलेजद्वारा विद्यार्थीसँग १६ लाख थप शुल्क माग

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आईओएसमबाट एमडीको लागि दोस्रो मेरिट लिस्टमा नाम निकालेका विद्यार्थीहरुसँग थप रकम माग गर्दै भर्ना लिन अस्वीकार गरेको छ । वीरगञ्ज महानगरपालिकाको मेयर पदका दाबेदार बसुरुद्दिन अन्सारी यो कलेजका प्रबन्ध निर्देशक हुन् ।