इटहरीका विद्यालयमा एउटै पोसाक : मेयरविरुद्ध अदालत पुगे निजी विद्यालय सञ्चालक, आज पेसी

२९ फागुन, विराटनगर । इटहरी उपमहानगरपालिकाका सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने निर्णय विवादमा परेको छ । नयाँ शैक्षिक सत्रबाट नगर प्रमुख हेमकर्ण पौडेलले सामुदायिक र निजी विद्यालयमा एउटै पोशाक लागु गर्ने निर्णय गरेका थिए । इटहरी उपमहानगरपालिकाले जारी गरेको शिक्षा ऐन विपरीत एउटै ड्रेस लागु गर्ने निर्णय भएको भन्दै विवाद सुरु भएको हो । […]