पर्यटकीय 'सिजन' सकिएसँगै लुक्ला विमानस्थलमा उडानको चाप घट्यो

सोलुखुम्बु – नेपालकै व्यस्त विमानस्थल मध्येको एक सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडानको चाप घटेको छ । उडानको चाप घटेसँगै पर्यटकीय 'सिजन'मा व्यस्त विमानस्थल 'सिजन' सकिएपछि फुर्सदिलो बनेको छ। पर्यटकीय 'सिजन'मा दैनिक सयौँ उडान तथा अवतरण हुने लुक्ला विमानस्थलमा अहिले 'सिजन' सकिएसँगै दैनिक २/३ वटा मात्र उडान हुने गरेको छ ।  पर्यटकीय 'सिजन'मा चार सय १२ वटासम्म उडान भएको लुक्ला विमानस्थल जुन ७ तरिखबाट सुनसान नै बनेको नेपाल नागरिक उड्डयन प्राधिकरण लु...