उपत्यकाको विद्युत् आपूर्ति सहज बनाउन अत्यावश्यक मानिएको लप्सीफेदी सबस्टेसन ठेक्काको म्याद सकिन ४ महिना बाँकी हुँदा पनि काम सुरु भएको छैन । तामाकोशी, सुनकोशी नदी र उक्त क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली काठमाडौं ल्याउन र आपूर्ति सहज बनाउन ०७४ सालमा गरिएको सबस्टेसनको ठेक्का सम्झौता आगामी पुसमा सकिँदै छ ।