काठमाडाैं । काठमाडाैं महानगरपालिकाले संक्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि २०७८ संशोधनसहित स्वीकृत गरेको छ । त्यसैगरी ‘बालअधिकार संरक्षण तथा संवर्द्धनसम्बन्धी कार्यविधि २०७८’ तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिइएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७२ औं कार्यपालिका बैठकमा उक्त कार्यविधि स्वीकृत भएको हो ।
शुक्रवार बसेको कार्यपालिका बैठकमा १०औं नगरसभा यही पसु २८ गते गर्ने निर्णय पनि भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ४ मा गाउँ र नगरसभासम्बन्धी व्यवस्था छ । यो ऐनसँगै बागमती प्रदेशको कानुन र महानगरपालिकाको नगरसभा सञ्चालनसम्बन्धी कार्यविधि २०७४ का आधारमा अधिवेशनको मिति तय गरिएको हो । रासस