ग्राउण्ड ह्याण्डलिङमा निगमको विकल्प खोज्दै प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताउनुभएको छ । प्राधिकरणले हालै गरेको पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताउनुभएको हो । उहाँले निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै […]