अमेरिकी सिनेटले स्विडेन र फिनल्यान्डलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा सहभागी हुने प्रस्ताव पारित गरेको छ ।
दुई देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान गरेका थिए । प्रस्तावको विपक्षमा एक मात्र सदस्य रिपब्लिकन जोश हाउली रहनुभएको थियो ।
अमेरिकाले युरोपको सट्टा चीनको चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो ।
गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि नेटोमा सदस्यता थपकाे विषय गम्भीर बनेको छ ।
यसैबीच चीनले आजदेखि ताइवान आसपासका क्षेत्रमा सुरु गरे...
नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरेको आरोप लगाएका छन् । ‘राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध शुरु गर्नु हो’ उनले भने।उनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई कम मूल्याङ्कन गरेका छन्’ स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन शुरु हुनु अघि भनेका छन्। स्टोल्टेनबर्गले जनाएअनु