४२ तोला अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ

करिब ४२ तोला सुनसहित पोखराबाट दुई जना पक्राउ परेका छन् । अवैध सुन लिएर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा ३० पावर हाउसमा चेकजाँच गर्ने क्रममा काठमाडौँबाट पोखरा आउँदै गरेको बसबाट बागलुङका २० वर्षीय अम्मर विश्वकर्मालाई पक्राउ गरेको हो ।उनको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान सिक्री बरामद गरिएको छ । काठमाडौँबाट पोखरा नै आउँदै गरेको माइक्रो बसमा चेकजाँच गर्दा म्याग्दीको अन्नपूर्ण २ घर भएका २९ वर्षीय अङ्कित सुनारसमेत समातिएका छन् ।सुनारको साथबाट ५ थान स

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।