कांग्रेस महाधिवेशनः २७ जनाले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिए

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका २७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका हुन्।