काठमाडौं : नेकपा एमालेको अन्तरकलह मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला शीर्ष नेताहरु भने एकअर्काविरुद्ध झनै खरो रुपमा आरोप प्रत्यारोपमा उत्रिएका छन्।पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आज काठमाडौंमा आयोजित दुई छुट्टा छुट्टै कार्यक्रममा सहभागी भएर एक अर्काविरुद्ध तुष पोखेका छन्। यसले दुबै नेता एकताका लागि अनइच्छुक रहेको देखिन्छ। एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेता नेपाललाई देशद्रोहीको संज्ञा दिँदै पार्टीमा कुनै ठाउ