सेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी रहेको छ । केही समयअघि ३२ सयको हाराहारीमा पुगेको सेयर बजार सोमबार ७९ अंकले घट्दै २२८१ बिन्दुमा आइपुगेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजीबजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको अभिव्यक्ति दिएसँगै त्यसको चौतर्फी विरोध भएको छ […]