चिसो बढेसँगै खुम्बु क्षेत्रबाट फर्किन थाले पर्यटक

साेलुखुम्बु – चिसो बढेसँगै खुम्बु क्षेत्रबाट फर्किने पर्यटकहरुको संख्या बढ्न थालेको छ । तापक्रम निरन्तर घटेसँगै खुम्बु भ्रमणका लागि आएका पर्यटकहरु फर्किने क्रम बाक्लिएको नागरिक उड्ययन प्राधिकरण कार्यालय लुक्लाले जनाएको छ । कार्यालयका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै करिब ४ सय जना पर्यटकले खुम्बु छाडेका छन् । उनीहरु शुक्रबार १२ वटा र शनिबार १२ वटा गरि २४ वटा हवाइ उडान मार्फत खुम्बुबाट फर्किएका हुन् ।  दुई दिनमा करिब २ सय जना पर्यटक बाहिरिँदा त्यसको आधा जतिमात्रै खुम्बु भित्रिएका छन् । खुम्बुबा...