ईभिसा प्रणालीबाट आवेदन लिने व्यवस्था गरेका देशको लागि नेपालमा सो कार्य गर्ने जिम्मेवारी पाएका संस्थाले विद्युतीय डिजिटल कार्डमार्फत नै सटही सुविधा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै ईभिसा आवेदन लिने व्यवस्था गरेका देशले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा त्यस्ता तोकिएका संस्था मार्फत भिसा बापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतीय डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था मिलाउन भनेको छ ।यस