रसिया युक्रेन युद्धको १०२ दिन : कीभमा शक्तिशाली विस्फोट, अवस्था 'अति कठिन'

युक्रेनको राजधानी कीभमा शक्तिशाली विस्फोट भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। रसिया र युक्रेनबिच युद्ध भएको १०२ दिन पुग्दा कीभमा नै आक्रमण भएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले बताएका छन्। रसियाले युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि सुरु भएको युद्धको असर कीभमा कम थियो। केही हप्तायता कीभमा कुनै पनि…