प्रदिप र अभिलाषा च्याम्पियन

९ चैत, काठमाडौं । प्रदिप खड्का र अभिलाषा विष्टले १२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता २०८० को उपाधि जितेका छन् । नेपाल एपीएफ क्लवको आयोजनामा भएको प्रतियोगितामा प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेका हुन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा शुक्रबार भएको पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६, ६–० ले हराउँदै […]