यतिबेला ठूला तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को महाधिवेशनअन्तर्गतका विभिन्न अधिवेशनले देशभरको माहोल तातेको छ ।
शनिवार एकैसाथ माओवादी केन्द्रको देशैभर वडा अधिवेशन भइरहेको छ । कांग्रेसको वडा, नगर अधिवेशन हुँदै प्रदेश प्रतिनिधिको कतै चुनाव भइरहेको छ भने कतै मतपरिणामहरू आइरहेका छन् । एमालेले भने अधिकांश जिल्लामा महाधिवेशनका लागि प्रतिनिधिसमेत छनोट गरिसकेको छ । केही जिल्लामा भने बाँकी छ ।
कम्युनिष्टहरू कांग्रेसलाई बूढो पार्टी भनेर व्यंग्यसमेत गर्छन् । तर, लामो समयपछि भएको अ...