काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले अस्ट्रेलियाको राजधानी क्यानबेराका लागि चाटर्ड उडान गरेको छ। निगमको वाइड बडी ए३३० जहाज सोमवार साँझ ५ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानबेराका लागि उडान भरेको हो।
वाइड बडी जहाजले २६३ यात्रु बोकेर क्यानबेरा उडेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।