बेनी अस्पतालमा अक्सिजन बैंक

काठमाडौं। म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ। अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर्न थालिएको बताए। जिल्ला प्रहरी कार्यालयले बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर सङ्कलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको छ।