‘दिदी, चिसो केही छ, साह्रै गर्मी भयो।’ ‘फुरूटी छ, चिसै हुन्, चालीस रुपैँयाका खादा हुन् नी।’ रारा तालबाट साढे दुई घण्टा ठाडो उकालो उक्लेपछि बल्ल मुर्मा गाउँ पुगेका थियौं हामी। अलिकति घाम चर्कियो ज्यानलाई थकाइ लाग्ने, अलिकति हावा चल्यो मुटु काप्न थाल्ने, उकालो चढ्दा स्यास्या भएर पाइला चाल्नै गाह्रो हुने, ओरालो झर्दा खुट्टा कापेर भुइँ…