नेपालको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन राष्ट्रिय उद्योग तथा व्यापार महासंघले अघि सार्यो ११ बुँदे ध्यानाकार्षण

काठमाडौं, १६ पुष । राष्ट्रिय उद्योग तथा व्यापार महासंघले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने प्रवल खतरा बढेको औंल्याएको छ ।महासंघले मुलुकलाई आर्थिक संकटबाट जोगाउनको लागि तत्काल महत्वपूर्ण कदम चाल्नपनि सुझाएको छ । उसले बैक तथा वित्तीय संस्थाले वृद्धि गरेको व्याजदरलाई उचित न्यूनीकरण गरी १ अंक कायम गरिनुपर्नेदेखि लिएर स–साना व्यवसायीलाई सहजताका साथ व्यापार गर्ने वातावरण […]