'होली वाइन' देखि संविधान च्यात्नेहरूसमेत एमालेका उम्मेदवार बनेका छन्, भोट माग्न सक्दिन : रावल

काठमाण्डाै – नेकपा एमालेका नेता भीम रावलले आउँदो चुनावमा आफूले एमालेका उम्मेदवारलाई जिताउनका लागि कसैलाई पनि आग्रह नगर्ने र मत नमाग्ने घोषणा गर्नुभएको छ । काठमाण्डौमा आज बिहीवार पत्रकार सम्मेलन गरेर उहाँले अहिले धेरै ठाउँमा एमाले पार्टी बनाउन रगत पसिना बगाएका भन्दा पनि हिजोका प्रतिगामी र पार्टीभित्र चाकरी गर्नेहरू उम्मेदवार बनेको भन्दै एमालेका उम्मेदवारका नाममा मत माग्न नसक्ने बताउनुभयो । उहाँले देशभक्त तथा देशको सार्वभौमसत्ताको माया गर्ने उम्मेदवारलाई विजयी गराउनमात्रै आफ्नो आग्रह रहने बताउनुभयो । उह...