जेलेन्स्की अमेरिका पुगे, ह्वाइट हाउसमा जो बिडेनलाई भेटे

एजेन्सी । अमेरिका पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । बाइडेनले युक्रेनलाई थप एक अर्ब डलरभन्दा बढी सैन्य सहायता दिने घोषणा गरेका छन्। रुस–युक्रेन युद्ध सुरु भएपछि जेलेन्स्की पहिलो पटक अमेरिका पुगेका हुन् ।