पब्जी, फ्रि फायर लगायतका अनलाईन खेल बन्द गर्न सदनमा कुरा उठ्यो

काठमाडौँ । नेकपा एमालेकी सांसद आशाकुमारी बिकले पब्जी, फ्रि फायर लगायतका खेलहरु बन्द गर्नुपर्ने भन्दै सदनमा कुरा उठाएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बिकले अनलाईन खेलहरुको कारण बालबालिका तथा किशोर किशोरीहरुमा असर परेको भन्दै बन्द गरिनुपर्ने बताएकी हुन् ।