डिशहोमले आफ्नोे “खुशीको कनेक्सन” अभियान अन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ ।
डिशहोम र खुशीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको शंकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ । यी सबैका बीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिशहोमको भूमिकाका बारेमा चित्रण गरिएको छ ।
आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिशहोमको छातादेखि नव दुलही केही हदसम्म प्रशन्न हुन्छिन् । नयाँ ठाउँमा उनका ल...